
काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद्का सदस्य डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेर निधन भएको हो ।

काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार ९माघ २२० बिहान उनको निधन भएको प्रलोपा नेता एवम् पूर्वपत्रकार मनऋषि धितालले जानकारी दिए ।

उनका दुई छोरा दुई छोरी छन् । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा बिहीबारै उनको दाहसंस्कार गरिने धितालले जानकारी दिए ।
Views: 47


