

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको सम्पर्क कार्यालयको झ्यालको सिसा तोडफोड भएको छ ।

बुधबार मध्यराति झ्याल तोडफोड भएको कमल गाउँपालिका रास्वपा सभापति केदार चापागाइँले जानकारी दिए । रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएको छ ।
चुनावलाई लक्षित गरी स्थानीय जयराम अधिकारीको घर भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय खोलेको थियो । जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Views: 43


