Aamsanchar

दाङ : सात दिनमा १७ प्रतिवादी पक्राउ

Author Image
शुक्रवार, माघ २३, २०८२

दाङ – दाङ प्रहरीले विभिन्न अभियोगमा फरार रहेका १७ प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको हो ।

 

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइहरूले मिति २०८२ माघ १० गतेदेखि १७ गतेसम्म विशेष खोजतलास अभियान सञ्चालन गरेका थिए । सोही अभियानका क्रममा विभिन्न मुद्दामा फरार रहेका १७ जना प्रतिवादी पक्राउ परेका हुन् ।

 

पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत, घोराहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका प्रतिवादीहरूबाट कुल ३१ लाख ७९ हजार २७६ रुपैयाँ राजस्व संकलन भएको छ । साथै उनीहरूलाई विभिन्न मुद्दामा १७ दिनदेखि पाँच वर्ष सात महिना एक दिनसम्म कैद सजाय फैसला भएको दाङ प्रहरीले जनाएको छ ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर