

रौतहट – स्रोत नखुलेको नेपाली रकमसहित प्रहरीले एक ब्यक्ति पक्राउ गरेको छ ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी ‘चेकिङ्ग’ टोलीले गौर नगरपालिका–३ स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेकजाँच गर्ने क्रममा गौर भन्सार कार्यालयतर्फबाट बिपि चौकतर्फ जाँदै गरेको बि।आर ३० यु ७२४७ नम्बरको मोटरसाइकल चालक गौर नगरपालिका–१ बस्ने नथुनीप्रसाद कलवारको छोरा ४४ बर्षका राकेश प्रसादलाई चार लाख ९९ हजार नेपाली रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

Views: 410


