Aamsanchar

ओखलढुंगाका वृद्ध दम्पतीकाे हत्यामा संलग्न दुई जना काठमाडौंमा पक्राउ

Author Image
शनिवार, माघ २४, २०८२

ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई लुटपाट गरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

ओखलढुंगाको भदौरेकै स्थानीय दुई दाजुभाइलाई उक्त घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हातहतियार समेत प्रहरीले बरामद गरेको छ । काठमाडौंको डल्लुबाट पक्राउ परेका दुई आरोपितलाई ओखलढुंगा ल्याइँदैछ । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने गोप्य राखेको छ ।

Views: 116

प्रतिक्रिया (०)