Aamsanchar

भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नंग्रा भागसहित एक जना पक्राउ

Author Image
शनिवार, माघ २४, २०८२

हुम्ला – जिल्ला प्रहरी कार्यालय हुम्लाले भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नंग्रा भागसहित एक जनालाई पक्राउ गरेको छ ।

सिमकोट गाउँपालिका–४ बुराउसे बस्ने ७४ वर्षीय कुङ्गा सुन्दुप लामाको घरको कोठाबाट बरामद गरेको हो ।

भरूवा बन्दुक र जंगली जनावरको नंग्रा लुकाइछिपाई राखेको अवस्था प्रकाउ गरेको हो ।

गोप्य सूचनाको आधारमा बिहान साढे ९ बजे बन्दुक १ थान र जंगली जनावरको भालुको जस्तो देखिने पन्जाको भाग समेत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

 

Views: 66

प्रतिक्रिया (०)