Aamsanchar

अर्जुनधारमा स्कुटीको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Image
आइतवार, माघ २५, २०८२

झापा, अर्जुनधारा — झापाको अर्जुनधारा नगरपालिका–०३ स्थित गरुवा चोकमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ।

माघ २१ गते बिहान अन्दाजी ०६:३० बजे, विर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेका पैदलयात्री अर्जुनधारा नगरपालिका–०३ निवासी वर्ष ४५ का राजन बास्कोटालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बास्कोटालाई उपचारका लागि बी एण्ड सी अस्पताल, बिर्तामोड लगिएकोमा मिति २४ गते राति ११ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

स्कुटी चालक जिल्ला इलाम, माइ नगरपालिका–०३ निवासी वर्ष ३५ की अमृता राई तथा स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Views: 677

प्रतिक्रिया (०)

सम्बन्धित खबर