

बैतडी- बैतडीमा ईभीको गाडी(हाइस) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ज०६२४ नम्बरको ईभी हाइस सिल्लेगडा-बडिया सडकखण्डकफ घोडेधारनजिक शनिबार राति दुर्घटना भएको हो ।
गाडीमा चालक दोगडाकेदार-५ का मदन ठगुन्ना मात्रै रहेको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

हाइस सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Views: 28


