

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिअघि वरिष्ठ अभिनेता थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार चलचित्र विकास वोर्डमा राखिएको थियो ।

बोर्डमा पुगेर कलाकार,चलचित्र क्षेत्रका व्यक्ति,शुभेच्छुकलगायतले थापाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापालाई शनिबार बिहान हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो।

वरिष्ठ अभिनेताले सयौं नेपाली चलचित्रमा अभिनय गरेका छन्।
Views: 28


