
काठमाडौं – आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपाली टिमबाट डेब्यु गरेका शेर मल्लले ओभरको पहिलो बलमै विकेट लिएका छन् । आइतबार भारतको मुम्बईमा भएको टी–२० विश्वकप खेलमा उनले इंग्ल्यान्डका ओपनर फिल साल्टको विकेट लिएका हुन् ।

उनले साल्टलाई टोलीका स्पीनर सन्दीप लामिछानेबाट क्याच गराउँदै पभेलियन फर्काएका थिए ।
Views: 35


