Aamsanchar

अस्ट्रेलियामा कार दुर्घटना हुँदा एक नेपालीको मृत्यु

Author Image
सोमवार, माघ २६, २०८२

सिड्नी –अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको मृत्यु भएको हो ।

पर्थको रिभरभेल क्षेत्रमा शुक्रबार अबेर राति अनियन्त्रित कार गुरुङ परिवार बसेको घरभित्र पसेको थियो । सयनकक्षमै सुतिरहेकी ५३ वर्षीया गुरुङको कारको ठक्करवाट मृत्यु भएको हो । आपतकालीन सेवाले उद्धारको प्रयास गरे पनि उनलाई घटनास्थलमै मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, कार अनियन्त्रित हुँदै मुख्य सडकबाट बाहिरिएर घरको बार तोड्दै सिधै गुरुङ परिवार बस्ने सयन कक्षमा प्रवेश गरेको थियो ।
कार चालक ३६ वर्षीय पुरुषलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । उनलाई हत्या र सम्पत्ति क्षतिको अभियोग लगाइएको प्रहरीले जनाएको छ । चालकलाई अदालतले धरौटी समेत अस्वीकार गरेको छ ।

मृतक विष्णुमया (हिमाली)गुरुङ केही महिनाअघि मात्रै नेपालबाट छोरी–ज्वाइँ भेट्न अस्ट्रेलिया आएको एनआरएन पश्चिम अस्ट्रेलियाका उप–संयोजक बासु सापकोटाले जानकारी दिएका छन् ।

 

Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर