Aamsanchar

सुन्दरहरैँचाबाट पेस्तोल, भरुवा बन्दुक र हेण्डसेटसहित दुई जना पक्राउ

Author Image
मङ्गलवार, माघ २७, २०८२

विराटनगर-  मोरङको सुन्दरहरैँचाबाट पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट (वाकिटाकी)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका सुचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए।

उनका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले दुवै जनालाई सोमबार साँझ ६ बजेतिर पक्राउ गरेको हो। लिम्बुको घरमा हतियार लुकाएर राखिएको विशेष सुचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी पसगेको थियो।

प्रहरीले घर खानलतासी गर्ने क्रममा लिम्बु सुत्ने कोठाभित्र ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल, एउटा भरुवा बन्दुक र दुई थान हेण्डसेट फेला परेको डीएसपी चौधरीले जानकारी दिए।

उनका अनुसार सोधपुछका क्रममा लिम्बुले उक्त हतियार गुरुङबाट लिएको बताएका थिए। त्यसलगत्तै प्रहरीले गुरुङलाई पनि पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ। उनीहरुले हतियार कहाँबाट र के प्रयोजनका लागि ल्याएका हुन भनेर यकिन हुन बाँकी रहेको जानकारी चौधरीले दिए।

पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ । इलाका प्रहरी कार्यालय बेलबारीले विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरेको छ।

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर