Aamsanchar

अख्तियार प्रमुखसहित १० ‘भीआईपी’ लाई धम्क्याउने पक्राउ

Author Image
बुधवार, माघ २८, २०८२

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याउने व्यक्तिलाई नेपाल ल्याइएको छ । फिलिपिन्समा बसेर इमेलमार्फत भीआईपीहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई आज प्रहरी टोलीले नेपाल ल्याएको हो ।

 

उनलाई विमानस्थलबाट भद्रकाली लगिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।

 

उनले भने, ‘उनलाई अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रकाली ल्याइँदैछ ।’ ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल ९ईएनजी०’ का चेयरमेन पाठक अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

नेपालमा चार वटा मुद्दा खेपिरहेका उनले मंसिरको दोस्रो साता पदबाट राजीनामा नदिएमा हत्या गर्ने भन्दै अख्तियारको आधिकारिक इमेलमा मेल पठाएका थिए । मेलमा लेखिएको छ, ‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ,त्यसमा तपाईंको नाम पनि छ ।

१० दिनभित्र राजीनामा दिनुहोला, यदि दिनुभएन भने यसबीचमा आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नु हुन्छ ।’ उच्च पदस्थहरुलाई धम्क्याउने तीन जनालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ । उनलाई पनि केही समयअगावै पक्राउ गरिएकोमा अहिले नेपाल ल्याइएको हो ।

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर