Aamsanchar

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घट्यो

Author Image
बिहिवार, माघ २९, २०८२

काठमाण्डौ – पछिल्लो पटक माघ २५ गतेदेखि लगातार बढेको सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको छ ।

सुन आज १ सय रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ९० रुपैयाँ थियो ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मुल्य आज
बुधवार, माघ २८, २०८२
सुनचाँदीको मूल्य
मङ्गलवार, माघ २७, २०८२