

बागलुङ – बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका भाइते भएका छन् । बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा दुर्घटना भएको हो ।
बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो ।

दुर्घटनमा २४ जना विद्यार्थी घाइते भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । घाइतेको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लोकमार्गबाट अन्दाजी ५० मिटर तलको शिवधारचोक जाने सडकमा भ्यान खसेको थियो ।
Views: 566


