Aamsanchar

प्रधानमन्त्रीद्वारा पाथीभरा माताको दर्शन

Author Image
शुक्रवार, फागुन १, २०८२

ताप्लेजुङ – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण निर्वाचनको कामना गरेकी छिन् । ताप्लेजुङस्थित पाथीभरा माताको दर्शन र पूजाआजापछि उनले यस्तो कामना गरेकी हुन् । चुनावको तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जिल्लाका गतिविधिबारे जानकारी लिन आएकी उनी बिहानै पाथीभरा पुगेकी हुन् ।

 

दर्शनपछि कार्कीले सामाजिक सञ्जालमा ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट शुरूवात । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’, लेखेकी छिन् । प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीसँग भेट्ने कार्यक्रम छ ।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर