

काठमाडौं – ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा प्रदेश–०१–००४ क६२२८ नम्बरको ट्रक हिजो राति दुर्घटना भएको हो। घटनामा दुई जनाको घटनास्थलमै र दुई जनाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापा रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

गोपी कार्कीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर ललितपुरको एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार ट्रक उकालो चढ्ने क्रममा दुर्घटनामा परेको हो।
Views: 177


