Aamsanchar

अकेल होसेनले भने : नेपाललाई कमजोर ठानेका छैनौं

Author Image
शनिवार, फागुन २, २०८२

मुम्बई – आइसीसी टी–२० विश्वकप २०२६ को तेस्रो खेलअघि वेस्ट इन्डिजका अर्थोडक्स स्पिनर अकेल होसेनले उनीहरुले नेपाललाई कमजोर नआँक्ने बताएका छन् ।

प्रि म्याच प्रेस कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हामीले नेपाललाई कमजोर प्रतिष्पर्धीको रुपमा लिएका छैनौं । हामी विश्वकप जित्न चाहन्छौं । हामीले हरेक टोलीलाई हराउन पर्छ’, उनले भने ।

नेपाल र वेस्ट इन्डिजबीचको ३ खेल सम्मिलित श्रृंखलमा वेस्ट इन्डिजको कप्तानी गरेका अकेलले भने, ‘हामीलाई उनीहरुको बारेमा राम्रोसँग थाहा छ । उनीहरुले हामीलाई शारजाहमा हराएका थिए । तर त्यो बेला हाम्रो टिममा धेरै सिनियर खेलाडीहरु थिएनन् । तर उनीहरु के गर्ने क्षमता राख्छन्, त्यो हामीलाई राम्रोसँग थाहा छ’, उनले प्रि म्याचमा नेपालको खेलअघि भने ।

नेपाली खेलाडीहरु लामो समयदेखि सँगै खेलिरहेको र एकअर्कालाई राम्रोसँग थाहा भएको कारण वेस्ट इन्डिजले नेपाललाई सहज रुपमा नलिएको बताए। ‘नेपाल मात्र हो भन्ने सोचेर खेल्न भने मिल्दैन । उनीहरुले आफ्नो खेलाडीको बलियो र कमजोर पक्ष राम्रोसँग बुझ्दछन् । उनीहरुलाई कसरी खेल्ने थाहा छ । त्यसैले हामी पनि त्यही अनुसार खेल्ने छौं ।’

नेपाली टिमले विश्वलाई आफ्नो क्षमता देखाउने अवसर भएकाले वेस्ट इन्डिजले नेपाललाई सहज नलिएको अकेलले बताए । ‘हामी नेपाल भनेर छुट्टै व्यवहार गर्ने छैनौं । हामी नेपालसँगको खेललाई अर्को विश्वकपको खेलको रुपमा हेर्नेछौं । जुन हामीले जित्नै पर्ने हुन्छ ।’

Views: 72

प्रतिक्रिया (०)