Aamsanchar

नेपाली क्रिकेट टिमका प्रशिक्षक भन्छन् : खेलाडीहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुँदा खेलको प्रदर्शनमा असर

Author Image
शनिवार, फागुन २, २०८२

मुम्बई –  नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक स्टुअर्ट लले नेपाली खेलाडीहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुँदा खेलको प्रदर्शनमा असर पर्ने गरेको बताएका छन् ।

आइसीसी टी–२० विश्वकप २०२६ को तेस्रो खेलअघि प्रि म्याच प्रेस कन्फ्रेन्समा बोल्दै उनले भने, ‘इङ्ल्याण्डसँगको खेलपछि नेपाली खेलाडीले सामाजिक सञ्जालको प्रशंसा हेरे । उनीहरुले हेर्नुपर्ने खेलको प्रदर्शन हो ।’

नेपाली समाजमा सामाजिक सञ्जालको संस्कारप्रति प्रशिक्षक ल भन्छन्, ‘हामीले सामाजिक सञ्जालमा मान्छेहरुले के भनिरहेका छन्, भन्ने कुरा सोच्छौं भने टिमलाई के चाहिएको छ । टिमका सदस्यले के भनिरहेका छन्, भन्नेबाट ध्यान हट्छ । यो निकै गाह्रो विषय हो’, लले खेलाडीको सामाजिक सञ्जालको लतबारे बोले ।

‘म उनीहरुलाई भन्ने गर्छु । हामीले जित्दै गयौं भने सबै ठाउँमा लोकप्रियता आफैं बढ्दै जान्छ ।’ नेपाली खेलाडीलाई सामाजिक सञ्जालको लहरले उठाउने र पर्छाने गरिरहेको कुरा प्रशिक्षक लले प्रि म्याच प्रेस कन्फ्रेन्समा बताए ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर