Aamsanchar

ट्वेन्टी ट्वेन्टी विश्वकप : नेपालले आफ्नो तेस्रो खेलमा आज वेष्ट इण्डिजसँग खेल्दै

Author Image
आइतवार, फागुन ३, २०८२

काठमाडौं – आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकपको समूह सी मा नेपालले आफ्नो तेस्रो खेलमा आज वेष्ट इण्डिजसँग खेल्दैछ।

मुम्बईको वानखेडे रंगशालामा हुने खेल नेपाली समय अनुसार आइतबार बिहान सवा ११ बजे सुरु हुनेछ।

इटालीसँगको स्तब्धपूर्ण हारपछि अब नेपाली टोलीको अगाडि विश्वकपको सबैभन्दा कठिन चुनौती खडा भएको छ। वेष्ट इण्डिज अन्तिम खेल अगाडिनै सुपर एट पुग्ने लक्ष्यमा रहँदा नेपाललाई भने झिनो सम्भावना बनाउन पनि यो खेल जित्नै पर्ने दबाब छ

लगातार २ हारपछि सुपर एट पुग्ने सम्भावना जटिल बनेको नेपाललाई झिनो आशा कायम राख्न पनि यो खेल जित्नै पर्ने दबाब छ।

पराजित भएको खण्डमा नेपाल अन्तिम खेल अगाडीनै समूह चरणबाटै बाहिरिने पक्का छ।

पहिलो खेलमा इङ्ल्याण्डविरुद्ध ४ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद दोस्रो खेलमा १० विकेटको हारले नेपालको ब्याटिङ र बलिङ दुवै पक्षमा ठूलो प्रश्न चिन्ह छ।

इटालीविरुद्ध कुनै पनि विकेट लिन नसक्नु र ब्याटिङमा १२३ रनमै समेटिनुले टोलीको आत्मविश्वासमा धक्का पुगेको छ। यस्तोमा कप्तान रोहित पौडेल बिरामी परेका छन्। उनलाई ज्वरो र पेटको समस्याले खेल्ने नखेल्ने टुंगो लागेको छैन।

यता दुई पटकको विश्व विजेता वेष्ट इण्डिज सानदार लयमा छ। उसले स्कटल्याण्डलाई ३५ रन र विश्कपकै बलियो दाबेदार इङ्ल्याण्डलाई ३० रनले हराउँदै सुपर एटको सम्भावना बलियो बनाइसकेको छ। निकोलस पुरन र आन्द्रे रसेल जस्ता पावर हिटरहरु लयमा छन्।

नेपाल र वेष्ट इण्डिजबीचको सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा भेट निकै कम हुने गरेको छ। यहि विश्वकपको छनोट अगाडी गत वर्ष युएईमा भएको ३ खेलको सिरिजमा भने नेपालले २–१ को जित हासिल गरेको थियो।

यद्यपी त्यस सिरिजमा वेष्ट इण्डिजमा रहेका जेसन होल्डर र अकिल होसेनमात्र यस टोलीमा पनि समावेश छन्।

नेपालको भने अधिकांश खेलाडी यस टोलीमा छन्। सन् २०२३ मा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोट नेपाल वेष्ट इण्डिजसँग हारेको थियो।

नेपालको समूहमा २ खेल जितेर वेष्ट इन्डिज तालिकाको शीर्षमा रहँदा इङल्याण्डको तीन खेलबाट चार अंक बनेको छ। स्कटल्याण्ड र इटालीको समान २–२ अंक रहेको छ भने नेपाल अहिलेसम्म अंकविहीन छ।

नेपालले समूह चरणको अन्तिम खेल आगागी मंगलबार स्कटल्याण्डसँग खेल्ने छ।

Views: 29

प्रतिक्रिया (०)