Aamsanchar

सुनको मूल्य बढ्यो

Author Image
आइतवार, फागुन ३, २०८२


काठमाडौं – नेपाली बजारमा आइतबार (फागुन ३)सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २३ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आजको मूल्य तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा चार हजार ९८५ रुपैयाँ तोकिएको छ ।

शुक्रबार प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२