Aamsanchar

६ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरे

Author Image
सोमवार, फागुन ४, २०८२


काठमाडौं – महाशिवरात्रीका दिन हिजो ६ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।

रातिसम्म छ लाख बढीले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए।

बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेकामा राति ९ बजेसम्म नै उस्तै सहभागिता थियो। यस वर्ष कम्तीमा आठ लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको थियो।

शिवरात्रिका लागि छिमेकी मुलुक भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन्। भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ।

यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको भनाई छ। साधुसन्तलाई खाने, बस्ने व्यवस्था गरिएको छ। उनिहरुलाई दक्षिणासहित विदाइ गर्ने चलन छ।

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर