Aamsanchar

परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै

Author Image
सोमवार, फागुन ४, २०८२

काठमाडौं-  बंगलादेशको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदैछन्।

बंगलादेशमा फरबरी १२मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का तारिक रहमानले भोलि प्रधानमन्त्री पदको सपथ लिँदैछन्।

बीएनपीले रहमानलाई संसदीय दलको नेतामा चयन गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्नेछ। रहमान पूर्वप्रधानमन्त्री खालिजा जियाका छोरा हुन्। उनको पार्टीलेदुई तिहाइ मत पाएको छ।

सपथ ग्रहणमा भाग लिन अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई सपथ ग्रहण समारोहमा निमन्त्रणा पठाएका थिए।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर