Aamsanchar

सुनचाँदीको मूल्य घट्यो

Author Image
सोमवार, फागुन ४, २०८२


काठमाडौं- नेपाली बजारमा सोमबार (फागुन ४) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख दुई हजार ८०० रुपैयाँ खर्चिनुपर्नेछ ।

आइतबार तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन चार हजार ९८५ रुपैयाँमा कारोबार भएको सुन यस दिन चार हजार ८६० रुपैयाँ तोकिएको छ ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर