Aamsanchar

कन्काई पुलमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुस्टि, पराललाई डल्लो बनाएर तारले बेरेको भेटियो

Author Image
मङ्गलवार, फागुन ५, २०८२

झापा- शिवसताक्षीस्थित कन्काई पुलमा पराललाई डल्लो बनाएर तारले बेरेको र बाहिरी भागमा ’नेपाल बन्द होसियार’ लेखिएको कागज राखी ढुंगाले थिचेर पुलको बिच भागमा राखिएको अवस्थामा राखिएको पाइएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर जाँच गर्दा त्यहाँ कुनै पनि विष्फोटक पदार्थ नभेटिएको र कसैले डराउनका लागि राखेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए।

उक्त वस्तु बम भएको आशंकामा बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन रोकिएकामा अहिले भने राजमार्ग पुनः सञ्चालनमा आइसकेको छ।

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर