

काठमाडौं – पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका कार चालकले एक पैदलयात्रुलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा कारचालक पारस बम रहेको खुलेपछि उनी मंगलबार (फागुन ५) पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार उनलाई उपत्यका ट्राफिक कार्यालयलको टोलीले पक्राउ गरेको हो ।
यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
Views: 105


