Aamsanchar

नक्कली नेपाली नोटसहित एक जना पक्राउ

Author Image
बुधवार, फागुन ६, २०८२

सुनसरी- सुनसरीको इनरुवा नगरपालिका–५ स्थित तरकारी बजारबाट नक्कली नेपाली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

फागुन ५ गते इनरुवा–१० निवासी २५ वर्षीय आजाद मियाले इनरुवा–५ स्थित सब्जी बजारमा किनमेल गर्ने क्रममा प्रयोग गरिएको ५०० रुपैयाँको नोट नक्कली भएको शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पैसा दिने व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएका व्यक्तिको शरीर खानतलासी गर्दा ५०० रुपैयाँ दरका ८ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सर्वसाधारणलाई नक्कली नोटको प्रयोग तथा कारोबारप्रति सचेत रहन आग्रह गरेको छ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर