

झापा- मेचीनगरको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयहरुले नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

बुधबार विहान मेचीनगर वडा २ भृकुटी चोकस्थित दिपक बरालको खाली जग्गामा अन्दाजी ३ महिनाकोजस्तो देखिने सालनालसहितको लिङ्ग नछुटिएको नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
घटनाबारे प्रहरीले अनुसन्धान बढाएको खड्काले बताउनुभयो । शिशुको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ ।

Views: 43


