Aamsanchar

बाटो ढुकेर छात्रालाई यौन दुर्व्यवहार गर्ने युवक पक्राउ

Author Image
बिहिवार, फागुन ७, २०८२

काठमाडौँ – काठमाडौंको कुलेश्वरस्थित जनमैत्री क्याम्पस जाँदा बाटो ढुकेर छात्रालाई यौन दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित डेराबाट कलेज जाँदै गर्दा अपरिचित युवकले छात्रालाई यौन दुर्व्यवहार गरेका थिए । माघ २९ गते बिहान ६ बजेर २० मिनेटमा भएको सो घटनामा संलग्न गोपाल खड्कालाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

बाजुराको बडिमालिका नगरपालिका–३ घर भएर काठमाडौं–१४ सुनारगाउँ बस्दै आएका खड्काले न्याथम कलेजबाट बीएचएम गरेका छन् । पछिल्लो डेढ महिनादेखि उनले क्षेत्र परिवर्तन गरेर छात्राहरूलाई यौनजन्य हर्कत गर्दै आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपी अहिले कुपण्डोलस्थित एक होटलमा सेफको काम गर्दै आएको खुलेको छ ।

स्नातक तह अध्ययन गर्ने छात्राहरूलाई उनले दुर्व्यवहार गरेका हुन् । प्रहरीले उनीमाथि सार्वजनिक स्थलमा यौनजन्य गतिविधि गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर