

काठमाडौं – मोटरसाइकल चोरी गर्दै पार्टपूर्जा निकालेर बेचबिखन गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङको कानेपोखरी गाउँपालिका-६ घर भएर बुढानीलकण्ठ नगरपालिका-७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँचीको शितगंगा गाउँपालिका-२ घर भएर हात्तीगौडा नै बस्ने २८ वर्षीय नरबहादुर चित्रे र हात्तीगौडा नै बस्ने ३८ वर्षीय करण खड्गी छन् ।

प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । हात्तीगौडास्थित संकटा मन्दिरमा पार्किङ गरेर राखेको बाप्र। ०२-०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपूर्जा निकाल्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
Views: 26


