

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (फागुन ९) निजी क्षेत्रसँग छलफल गर्ने भएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ को दमकमा उनले अन्तरक्रिया गर्न लागेका हुन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ ९हिसान०को आयोजनामा हुने कार्यक्रममा दुई ‘प्यानल डिस्कसन’ समेत राखिएको छ । ‘नेपालको निजी क्षेत्रसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हिसानका अध्यक्ष युवराज शर्माले जानकारी दिए ।
निजी क्षेत्रका मुख्य ६ क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको उनले बताए । निजी क्षेत्र, नीतिगत सुधार तथा युवाकेन्द्रित आर्थिक रूपान्तरणका विषयमा शिक्षा, ऊर्जा, उद्योग, व्यवसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतीका विषयमा छलफल गरिने उनले जानकारी दिए ।

कार्यक्रम दिउँसो ३ बजे दमकचोकस्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना गरिएको छ । अध्यक्ष ओली आजै काठमाडौंबाट झापा आउँदै छन्


