Aamsanchar

सेनाको स्काइ ट्रकबाट निर्वाचन सामग्री डोल्पा पुर्‍याइयो

Author Image
आइतवार, फागुन १०, २०८२

डोल्पा – यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा निर्वाचन सामग्री पुगेको छ ।

आइतबार नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री डोल्पा पुगेको निर्वाचन अधिकृत कृष्ण बहादुर रावतले जानकारी दिए । नेपाली सेनाको स्काई ट्रकबाट सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री डोल्पा पुगेको निर्वाचन अधिकृत रावतले जानकारी दिए । मतपेटिका भने जिल्लामै मौज्दात रहेको उनले बताए ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता रहेका छन् । जिल्लामा दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएको भने निर्वाचनका लागि ४१४ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर