Aamsanchar

एमाले अध्यक्ष ओली ७५ वर्ष लागे

Author Image
सोमवार, फागुन ११, २०८२

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७५ वर्ष लागेका छन्।

बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्म भएको थियो।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका थिए।

त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली अहिले पार्टी फुटसँगै नेकपा ओली समूहको अध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका छन्।

आफ्नो ६९ औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका ओलीले त्यहाँ नेपालको नक्सा अंकित केक काट्दा निकै आलोचना भएको थियो। ओलीले हिजो वैवाहिक वर्षगाँठ झापामै मनाएका छन्।

तत्कालिन प्रधानमन्त्री रहेका ओली जेनजी विद्रोहको दोस्रो दिन भदौं २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि बनेको सुशीला कार्की सरकारले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ। र, ओली झापा ५ बाट उम्मेदवार बनेका छन्। उनी अहिले झापामै रहेका छन्।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर