

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र)सार्वजनिक गरेका छन्।

रास्वपाका वरिष्ठ नेता रहेका उनले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिनेु मुख्य संकल्प गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। शाहले आफ्नो वाचापत्रमा नीति निर्माण र कानुनी सुधारमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
वाचापत्रमा बालेनले भनेका छन्, ‘राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु।’

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने कुरालाई उनले विशेष महत्त्व दिएका छन्। शिक्षा र स्वास्थ्यमा नयाँ योजना शिक्षा क्षेत्रमा ‘स्कुल रिटेन्सन प्रोग्रामूमार्फत विद्यालय छाड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा स्मार्ट क्लास तथा प्रयोगशाला स्थापना गर्ने योजना उनले अघि सारेका छन्।
यस्तै, स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि निस्शुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने र घर(घरमा स्वास्थ्य सेवा कार्यक्रमझ मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने प्रतिवद्धता शाहको छ। भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने वाचार गर्दै बालेनले ञजनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोलाझ भन्दै मतदातासँग अपिल गरेका छन्।


