

काठमाडौं – भारतको झारखण्डमा चार्टर्ड विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

रेडबर्ड बीचक्राफ्ट किङ एयर बी–९० एल एउटा एयर एम्बुलेन्स थियो सोमबार साँझ रांचीबाट उडान भरेको विमान झारखण्डको चत्रा जिल्लाको समरियाको जंगलमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विमानमा क्याप्टेन विवेक विकास भगत (पाइलट), क्याप्टेन सबराजदीप सिंह सहपाइलट, संजय कुमार बिरामी, अर्चना देवी परिवार सदस्य, धुरु कुमार परिवार सदस्य, विकास कुमार गुप्ता डाक्टर, र सचिन कुमार मिश्रा प्यारामेडिकल स्टाफ सवार थिए।

विमान बिरामीलाई उपचारको लागि दिल्ली लैजाँदै थियो।
Views: 16


