Aamsanchar

‘सुपर–एट’ मा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले हरायो

Author Image
मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले पराजित गरेको छ।

भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो।

जिम्बावेका ब्राड इभान्सले ४३ रन बनाए। वेस्ट इन्डिजका गुडाकेश मोतीले ४ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनायो।

वेस्ट इन्डिजका शिम्रोन हेटमायरले ८५ रन बनाए। जिम्बावेका रिचार्ड नागाराभा र ब्लेसिङ मुजरबानीले २–२ विकेट लिए।

टी–२० विश्वकपमा यो दोस्रो ठूलो योगफल हो । यसअघि सन् २००७ मा श्रीलङ्काले केन्यासँगको खेलमा २ सय ६० रन बनाएको थियो।

यो जीतसँगै वेस्ट इन्डिज ‘सुपर–एट’ को समूह १ मा शीर्ष स्थानमा उक्लिएको छ। जिम्बावे पुछारमा छ ।

यस्तै ‘सुपर–एट’ मा इङ्ग्ल्यान्ड र पाकिस्तान खेल्दैछन्। यो खेल श्रीलङ्काको पल्लेकेलेमा बेलुका सवा ७ बजे शुरू हुनेछ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर