Aamsanchar

डोनाल्ड ट्रम्पको कम्पनीले अस्ट्रेलियामा एक अर्ब डलरमा सबैभन्दा अग्लो ९१ तले भवन बनाउँदै

Author Image
बुधवार, फागुन १३, २०८२

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ‘ट्रम्प अर्गनाइजेसन’ले अस्ट्रेलियामा गगनचुम्बी भवन बनाउने घोषणा गरेको छ । कम्पनीका कार्यकारी उपाध्यक्ष एरिक ट्रम्पका अनुसार यो प्रस्तावित टावर अस्ट्रेलियाको अहिलेसम्मकै सबैभन्दा अग्लो भवन हुनेछ ।

यो परियोजना क्विन्सल्यान्डको गोल्ड कोस्टमा निर्माण गरिनेछ । यसको उचाइ ३३५ मिटर हुनेछ, जुन लन्डनको प्रसिद्ध ‘शार्ड’भन्दा पनि अग्लो हो ।

एरिकले अस्ट्रेलियामा यो कम्पनीको पहिलो आधिकारिक परियोजना हुने र यसले देशमा विश्वस्तरीय लक्जरी ब्रान्डको प्रतिष्ठा र आकर्षण ल्याउने बताएका छन् ।

ल्ःद्य द्यबलप
बीबीसीका अनुसार ‘ट्रम्प इन्टरनेसनले होटेल एन्ड टावर, गोल्ड कोस्ट’को अनुमानित लागत कम्तीमा एक अर्ब डलर रहने बताइएको छ ।

होटेल निर्माण गर्ने ‘अल्टस प्रोपर्टी ग्रुप’का अनुसार यो ९१ तले भवनको निर्माण अगस्टदेखि सुरु हुनेछ ।

राष्ट्रपति ट्रम्पले आफूले कम्पनीको व्यवस्थापनबाट दूरी बनाएको बताउँदै आएका छन् । तर, उनको कम्पनीले पाउने सम्भावित अनुचित लाभमाथि प्रश्नहरू उठेका छन् । ट्रम्प अर्गनाइजेसन बेलायत र एसियासहित विश्वका २० भन्दा बढी स्थानमा सक्रिय छ ।

राष्ट्रपतिको रूपमा उनको प्रभावका कारण कम्पनीलाई अनुचित रूपमा फाइदा भइरहेको भन्दै डोनाल्ड ट्रम्पले आलोचनाको सामना गर्नुपरेको छ ।

यद्यपि, उनले आफ्नो दोस्रो कार्यकाल सुरु हुनुअघि पदमा रहँदा व्यवसायको व्यवस्थापनमा कुनै हस्तक्षेप नगर्ने वाचा गरेका थिए ।

फोर्ब्सका अनुसार २०२३ पछि ट्रम्पको कुल सम्पत्ति करिब दोब्बर भएको छ । यद्यपि, कम्पनी विभिन्न विवादहरूमा मुछिएको छ । सन् २०२१ मा कंग्रेस समितिको एक छानबिन प्रतिवेदनले ट्रम्पले आफ्नो वासिंटन डीसीस्थित होटेलको नाफालाई बढाइचढाइ प्रस्तुत गरेको उल्लेख गरेको थियो । बीबीसी

Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर