Aamsanchar

एमाले नेता, भद्रपुरका पूर्व मेयर श्रेष्ठको घोषणासँगै स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना

Author Image
बुधवार, फागुन १३, २०८२

भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा भद्रपुर नगरपालिका का पूर्व मेयर जीवनकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी लाई समर्थन जनाउँदै आगामी निर्वाचनमा सहयोग गर्ने घोषणा गरेका छन्।

श्रेष्ठले एक वक्तव्य जारी गर्दै लामो समय एउटै ठाउँमा रहँदा धेरै साथीहरूले अप्ठ्यारो महसुस गरेको अनुभूति भएको उल्लेख गर्दै अब आफू नयाँ सम्भावना र परिवर्तनको पक्षमा उभिने निर्णयमा पुगेको बताएका छन्।

“एकै ठाउँमा रहँदा धेरै साथीहरूले अप्ठ्यारो महसुस गरेकाले काँडा पन्छिएर अब म नयाँ सम्भावना र परिवर्तनको पक्षमा उभिने निर्णयमा पुगेको छु,” उनले भनेका छन्।

आफ्नो निर्णयलाई आध्यात्मिक आस्था र संकल्पसँग जोड्दै श्रेष्ठले मर्यादा पुरुषोत्तम श्रीरामको चरणस्पर्श गर्दै साइकल यात्रामार्फत नेपालगन्जस्थित शक्तिपीठ बागेश्वरी माताको दर्शन गरेको र त्यसक्रममा ठाकुरबाबा बर्दियाको मन्दिरको घण्टसमेत साथमा लिएको बताएका छन्।

उनले समाजमा आफूलाई प्रतिष्ठित बनाउन सकारात्मक साथ, सहयोग र भूमिका निर्वाह गर्ने सम्पूर्णप्रति नमन तथा आभार व्यक्त गरेका छन्। साथै पार्टीमा रहँदा र त्यसपछिका जिम्मेवारी बहन गर्ने क्रममा जानेर वा अन्जानमा भएका कमजोरीका लागि क्षमायाचना गर्दै अब नयाँ सम्भावनाको कोपिलामा आफ्नो श्रम र विवेकसहित योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।

श्रेष्ठको यस घोषणासँगै स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको छ।

Views: 358

प्रतिक्रिया (०)

सम्बन्धित खबर