Aamsanchar

चाँदीको भाउ बढ्याे, सुनकाे कति छ ?

Author Image
बुधवार, फागुन १३, २०८२

काठमाडौं-  बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन प्रतितोला सुनको मूल्य ३ लाख १४ हजार ८०० कायम भएको छ। अघिल्लो दिन मंगलबार एक तोला सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य स्थिर रहे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। महासंघका अनुसार १२० रुपैयाँले बढेर प्रतितोला चाँदी ५ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार एक तोला चाँदी ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२