

काठमाडौँ – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा मोटरसाइकललाई ठक्कर दिएर भागेको ट्रक वीरगञ्जमा भेटिएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका-१३ स्थित प्रतिमा चोकमा ग्यारेजमा बनाउँदै गरेको अवस्थामा प्रहरीले ग २ ख ८९८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।
यो ट्रकले बुधबार बिहान ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो। ट्रकको ठक्करले गम्भीर घाइते मकवानपुरको राक्सिराङ गाउँपालिका–१ घर भएका २२ वर्षीय सञ्जित स्याङ्तान र १८ वर्षीय अमोश थिङको उपचारको क्रममा मृत्यु भएको थियो।

सीसीटीभी फुटेजलगायत अनुसन्धानबाट सोही ट्रकले ठक्कर दिएको खुलेको र मर्मत गर्दै गरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाकारी दिएको छ। फरार चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।
Views: 55


