Aamsanchar

दुई वटा गाडीबाट ११ लाखको मदिरा बरामद

Author Image
बुधवार, फागुन १३, २०८२

भैरहवा –रुपन्देही प्रहरीले बुटवल उपमहानगरपालिकाबाट बिलबिजक नभएको अवस्थामा दुई वटा गाडीबाट मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलको सुख्खानगरस्थित मैत्रीपथमा लु २ च ४९३५ र लु २ च ५०७८ नम्बरको गाडीमा मदिरा रहेको भन्ने सूचना आधारमा गाडी चेकजाँच गर्दा बिल बिजक नभएको अवस्थामा ७७ पेटी (३६९६ थान) मदिरा बरामद भएको हो ।

 

बरामद मदिरा करिब १० लाख ७८ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद मदिरा र नियन्त्रणका लिइएको दुवै गाडी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर