Aamsanchar

ओलीको चुनावी अभियान, आज दिनभर कमलमा

Author Image
बिहिवार, फागुन १४, २०८२

झापा-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाको कमल गाउँपालिका अन्र्तगतका बिभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्ने भएका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर ५ को नेकपा एमाले निर्वाचन परिचलन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीवार दिनभरी कमल गापा अन्र्तगतका बिभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

बिहान ११ बजे कमल ५ को सिम्ले स्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै साढे १२ बजे सोही वडाको झारबारी स्थित राधाकृष्ण मन्दिरमा पुगेर स्थानीयसँग भेटघाट गर्नेछन्।

उक्त कार्यक्रम सम्पन्न गरे लगत्तै साढे १ बजे कमल ३ सानो केर्खामा भेटघाट कार्यक्रम तय भएको छ। साढे २ बजे कमल ४ को भलायोडाँडामा मतदातासँग भेटघाट कार्यक्रम रहेको जनाइएको छ।

भेटघाट सकिए लगत्तै साढे ३ बजे कमल २ को भुत्लुङमा अध्यक्ष अ‍ोलीले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। पार्टीको स्थानीय वडा कमिटीले भेटघाट आयोजना गरिए अनुसार निम्न स्थानमा भेटघाट गरि सुझाव र समस्याका बिषयमा छलफल गरिने जनाइएको छ।

अध्यक्ष ओलीले पनि जनतासँग प्रत्यक्ष टोलटोलमा पुगेर त्यस स्थानका समस्या सुनेर समाधानको योजना निर्माण गरिने रणनीतिको रुपमा लिएका छन्। कार्यक्रम सबैभन्दा बढी प्रथामिकता स्थानीय बालबालिका, महिला, बृद्धबद्धालाई दिने गरेका छन्।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर