Aamsanchar

हवाई आक्रमणपछि पाकिस्तानलाई लडाकु समूहको आक्रमणको आशंका, सुरक्षा व्यवस्था कडा

Author Image
बिहिवार, फागुन १४, २०८२

काठमाडौं – पाकिस्तानले हालै आफ्नो सुरक्षा व्यवस्था कडा पारेको छ । दर्जनौँ शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।
अफगानिस्तानमा हवाई आक्रमण गरेपछि लडाकु समूहहरूबाट हुने आक्रमणमा वृद्धि हुन सक्ने आशंका इस्लामावादले गरेको छ ।

पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले भने, “जब–जब हामी अफगानिस्तानमा रहेका उनीहरूका अड्डाहरूमा आक्रमण गर्छौं, लडाकुहरूले सधैँ प्रतिक्रिया दिने गर्छन् ।”

पाकिस्तानले गत सप्ताहान्तमा अफगानिस्तानमा हवाई हमला गरेको थियो । पाकिस्तानले आफ्नो देशमा भएका आत्मघाति हमलाका लागि जिम्मेवार लडाकुहरूका अड्डाहरूलाई निशाना बनाएको बताएको थियो ।

पाकिस्तानले अफगानिस्तानले आफ्नो देशमा हमला गर्ने लडाकुहरूलाई शरण दिने गरेको आरोप लगाउँदै आएको छ ।

काबुलले भने यी आरोपहरूलाई अस्वीकार गर्दै उग्रवाद पाकिस्तानको आन्तरिक समस्या भएको बताउँदै आएको छ ।

समाचार संस्था रोयटर्सले विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानका गुप्तचर निकायहरूले आगामी दिनहरूमा लडाकु समूहका आक्रमणहरू बढ्न सक्ने भन्दै ‘अलर्ट’ जारी गरेको बताएको छ ।

सुरक्षा स्रोतहरूका अनुसार सहरी केन्द्र, बजार, सुरक्षा बल र प्रार्थना स्थलहरू सम्भावित निशाना हुन सक्छन् । एक गुप्तचर अधिकारीले भने, “हामीले देशभरि खानतलासी अभियानलाई दोब्बर बनाएका छौँ ।”

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर