Aamsanchar

बालिका अपहरण प्रकरणमा वडाध्यक्ष जेल चलान

Author Image
बिहिवार, फागुन १४, २०८२

रौतहट – दुर्गाभगवती गाउँपालिका ४ का वडाध्यक्ष बालिका अपहरण प्रकरणमा जेल चलान भएका छन ।

 

जिल्ला अदालत मकवानपुरले रौतहटको दुर्गाभगवती गाउँपालिका(४ का वडाध्यक्ष रामानन्द प्रसादलाई पुर्पक्षका लागि जेल जलान गरेको हो। न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले वडाध्यक्ष रामानन्दलाई जेल चलान गर्ने आदेश गरेको हो। उनीमाथि दुर्गाभगवती गाउँपालिका(४ छतौनाकी १४ वर्षीया बालिका अपहरणको अभियोगमा मुद्दा दर्ता भएको थियो।

अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेपछि उनलाई प्रहरीले पक्राउ गरेर मकवानपुरस्थित भीमफेदी कारागारमा राखिएको थियो । अदालतको फैसलामा प्रतिवादी रामानन्द प्रसादलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षका लागि कानुनबमोजिम सिधा खान पाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पूर्जी दिई कारागार कार्यालय भीमफेदी मकवानपुरमा थुनामा राख्न पठाइदिनू भन्ने आदेश जारी गरेको छ।

 

घटनामा संलग्न रान्धिर यादव, अनितादेवी यादव, मनतजिर यादव, मेनुकाकुमारी यादव र काजलकुमारी यादव भने फरार छन्। गत २ पुसदेखि बेपत्ता दुर्गाभगवती गाउँपालिका– ४ छतौनाकी १४ वर्षीया बालिकाको अवस्था अज्ञात रहेको प्रहरीको भनाई छ।

बालिकालाई छतौनाकै २० वर्षीय दिलीपले गत २ पुसको राति मकवानपुरको हेटौँडाबाट भगाएर लगेका थिए। त्यसयता बालिका र दिलीप सम्पर्कमा छैनन्। एकाएक सम्पर्कविहीन भएलगत्तै बालिकाका बुवा नेमलाल राय यादवले जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको इलाका प्रहरी कार्यालय गंगापिपरामा जाहेरी दिएका थिए।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर