Aamsanchar

सुनको मूल्य ६०० रुपैयाँले बढ्यो

Author Image
बिहिवार, फागुन १४, २०८२

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य ६०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँ कायम छ। बुधबार प्रतितोला सुनको मूल्य तीन लाख १४ हजार ८०० रुपैयाँ थियो।

बिहीबार एक तोलाको चाँदीको पाँच हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। गत अघिल्लो दिन पाँच हजार ५८५ रुपैयाँ थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १९० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२
सुनको मूल्य ह्वात्तै बढ्यो
आइतवार, फागुन १०, २०८२