Aamsanchar

संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य : गगन थापा

Author Image
बिहिवार, फागुन १४, २०८२

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताएका छन्।

बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले चुनाव कुनै पनि दलको योजनाअनुसार नभइ वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पारे।

उनले संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहोर्‍याउँदै परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागि परेको पनि बताए।

उनले केही तत्वले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको आरोप पनि लगाए।

निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरू चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको दावी गरे।

अगामी वर्षहरुमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहति का‌ग्रेस जनतासामु गएको जिकिर गर्दै उनले अब कुनै पनि प्रकारको आन्दोलन र विध्वंश हुन नदिने प्रतिज्ञा दोहोर्‍याए।

Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर