Aamsanchar

सुहाङ नेम्वाङलाई पहिचानका मुद्दामा स्पष्ट धारणा माग गर्दै १४ बुँदे ध्यानाकर्षणपत्र

Author Image
शुक्रवार, फागुन १५, २०८२

फिदिम – किराँत याक्थुङ चुम्लुङले इलाम–२ का प्रतिनिधिसभा सदस्य उमेदवार सुहाङ नेम्वाङलाई पहिचानका मुद्दामा स्पष्ट धारणा माग गर्दै १४ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

माग पत्रमा लिम्बूरकिराँत समुदायसँग सम्बन्धित पहिचान, स्वायत्तता, भाषा र सांस्कृतिक अधिकारका विषय समेटिएका छन् । चुम्लुङले आफ्ना एजेन्डा कार्यान्वयनका लागि संघीय सदनमार्फत पहल गर्न आग्रह गरेको छ ।

मागपत्रमा कोसी प्रदेशलाई ऐतिहासिक पहिचानका आधारमा ‘लिम्बुवानरकिराँत’ नामकरण गर्नुपर्ने, लिम्बुवान स्वायत्त राज्य स्थापनाको संवैधानिक पहल अघि बढाउनुपर्ने, प्रदेशस्तरमा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्नुपर्ने लगायत बुँदा उल्लेख छन् ।
मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रलाई धार्मिक स्थलका रूपमा नभई ऐतिहासिक–सांस्कृतिक पहिचानको आधारमा संरक्षण र व्यवस्थापन गर्न छुट्टै नीति तथा कानुन निर्माणको माग गरिएको छ ।

ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक स्थलहरूको संरक्षण, अतिक्रमित भूमि फिर्ता तथा जल, जंगल र जमिनमाथिको अधिकार सुनिश्चित गर्नुपर्नेलगायत संगठनको माग छ ।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर