

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका गोरखा-१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुदन गुरुङले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन् ।

सबै गोरखालीको सपना, भ्रष्टाचारमुक्त समृद्ध समाज निर्माणको चाहना नारा दिएर उनले बाचा पत्र सार्वजनिक गरेका हुन् ।
उनले बाचापत्रमा जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका, त्यसक्रममा भएका विभिन्न घटनाको तस्बिर राखेर योपाली रगतलाई न्याय भन्दै १५ बुँदामा आफ्नो प्राथिमकताहरू सार्वजनिक गरेका छन् ।

यस्ता छन् उनले प्राथमिकता राखेका १५ बुँदा
१-जेनजी म्यान्डेट, न्याय र आन्दोलनको संस्थागतकरण
२-भ्रष्टाचारमुक्त शासन र दण्डहीनताको अन्त्य
३-लोकतान्त्रिक अधिकार र मताधिकार विस्तार ।
४ – बूढीगण्डकी न्यायपूर्ण पुनर्वास, आर्थिक रुपान्तरण
५- पर्यटन, संस्कृति, धर्म र पहिचान स् एकीकृत विकासको परिपथ
६-कृषि आधुनिकीकरण स् पकेट, बजार, भण्डारण, सिंचाइ
७-उत्तरी गोरखा रुपान्तरण
८- सडक पुर्वाधार – गोरखा १ कनेक्टिभिटी मास्टर प्लान
९-शिक्षा सुधार-७ मोडेल विद्यालय पुनर्संरचना
१०- स्वास्थ्य स् जिल्ला अस्पताल, टेलिमेडिसिन
११- रोजगारी, उद्योग र स्थानीय अवसर
१२-धर्मनिरपेक्षता, सबै धर्मको सम्मान र सामाजिक सद्भाव
१३-आमा समूह आधारिक कृषि उपकरण बैंक
१४-सार्वजनिक सुरक्षा
१५- सार्वजनिक जवाफदेहिता र क्षेत्रीय उपस्थित


