Aamsanchar

गह्रौं प्राथामिक अस्पताललाई शव सुरक्षित राख्ने फ्रिज हस्तान्तरण

Author Image
आइतवार, फागुन १७, २०८२

स्याङ्जा – स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले वालिङस्थित गह्रौं प्राथामिक अस्पताललाई शव सुरक्षित राख्ने फ्रिज ‘मोरटुअरी रेफ्रिजरेटर’ हस्तान्तरण गरेकोे छ ।

विभिन्न देशमा रहेका समितिका सहकार्यमा फ्रिज हस्तान्तरण गरेको हो । राष्ट्रिय समन्वय समिति स्पेन, पोर्चुगल, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, बेलायत र नर्वेमा रहेका समिति तथा नेपालीहरुको सहयोग रहेको समितिका प्रवक्ता धर्मागत पराजुलीले जानकारी दिए ।

अस्पतालमा पहिलो पटक सुविधायुक्त शव फ्रिज उपलव्ध भएको अस्पतालका अध्यक्ष दिलिपप्रताप खाँणले जानकारी गराए । उनले भने, ‘शवलाई सुरक्षित राख्न भएको समस्या अब भने केही सहज हुनेछ ।’ अस्पतालका लागि अत्यावश्क बस्तु पाएकोमा अस्पतालका प्रमुख डा। सुरज ढकालले तत्कालै पोष्टमार्टम गर्न नमिल्ने र बाहिरबाट ल्याइएका शव सुरक्षित राख्न सजिलो हुने बताएका छन् ।

 

जिल्ला समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटी, वालिङ नगर प्रमुख कृष्ण खाँण, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठ, पूर्व अध्यक्ष टुकराज अर्याल लगायतले शव सुरक्षित राख्ने फ्रिजको आवश्यकता र सहयोगदातालाई धन्यवाद ब्यक्त गरेका छन् । समितिले ४ लाख ५० हजार मूल्य बराबरको २ वटा शव राख्न मिल्ने एउटा फ्रिज उपलव्ध गराएको जनाएको छ ।

Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर