Aamsanchar

‘झापामा बालेन साहमाथि गोली प्रहार’ लेखेर टिकटकमा पोष्ट गर्ने पक्राउ

Author Image
आइतवार, फागुन १७, २०८२

झापा – प्रहरीले सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साहमाथि गोली प्रहार’ लेखेर पोष्ट गरी भ्रामक सूचना सम्प्रेषण गर्नेलाई पक्राउ गरेको छ।

समाजमा नकारात्मक तथा गलत सूचना प्रवाह गरी अशान्ति मचाउने उद्देश्यले २३ वर्षीय प्रकाश भट्टले यस्तो सूचना फैलाएका थिए।

उनी शुक्रवार दिउँसो साढे २ बजे पक्राउ गरेको थियो। भ्रामक सूचना सम्प्रेषण गरी शान्तिविरुद्धको कसुर गरेको भन्दै काठमाडौँ महानगरपालिका-५ डबली चोकबाट पक्राउ गरेको थियो।

भट्ट शुक्लाफाँटा नगरपालिका ७‚ कञ्चनपुरका बासिन्दा हुन्। उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दिन ५ ९पाँच० को म्याद थप गरी अनुसन्धान भइरहेको छ।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर